काठमाडाैं । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले सर्वाेच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको बताएका छन् ।
मंगलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गरेपछि मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको बताएका हुन् ।
‘सम्माननीय प्रधानन्ययधिश र माननीय न्यायधीशज्यूहरुप्रति हार्दिक धन्यवाद तथा आभर ब्यक्त गर्दछु । यो जनता र लोकतन्त्रको जित हो,’ उनले भने।












