Logo
Logo

अब संयुक्त सरकार बनाएर अगाडि बढ्छौं : माधवकुमार नेपाल


दृष्टि संवाददाता

22.2k
Shares

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसला प्रशंसनीय र ऐतिहासिक भएको बतए ।

मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर गरेपछि प्रतिक्रिया दिँदै नेपालले सर्वोच्चले आफ्नो गरिमालाई बढाएको बताएका छन् ।

अध्यक्ष नेपालले अब प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा रहेका दलहरुको संयुक्त सरकार बनाएर अगाडि बढ्ने बताए ।

उनले भने, ‘जति पनि पार्टीहरु केपी ओलीको विरुद्धमा हुनुहुन्छ उहाँहरुसमेत बसेर कसरी जाने निर्णय गर्छौं । यसबीचमा हामीले दिएको वाचाअनुसार नै संयुक्त सरकार बन्ने छ । संयुक्त सरकारको आडमा अगाडि बढ्छौं ।’

 

 

प्रतिक्रिया दिनुहोस्