Logo
Logo

सर्वोच्च अदालतको फैसला ऐतिहासिक : सभापति देउवा


दृष्टि संवाददाता

693
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् ।

मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर गरेपछि समाजिक सञ्जाल ट्वीट गर्दै देउवाले सर्वोच्चले आफ्नो संवैधानिक दायित्व पूरा गरेको बताए । उनले आफूले सुरूदेखि नै सर्वोच्च अदालतलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको बताए ।

देउवाले लेखेका छन्- ‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ। मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थिएँ । सोहीअनुसार सर्वोच्च अदालतले स्वतन्त्र रूपमा संसद पुनर्स्थापना गर्ने ऐतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ, संविधान कार्यान्वयनका क्रममा देखिने विवादहरू समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो। सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको छ। यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासका न्यायधीशहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। जय नेपाल।’

यसअघि देउवाले प्रचण्ड-नेपाल र ओली समूहले निर्वाचनको तयारी गरिसकेका कांग्रेसका नेता कार्यकर्तालाई पनि चुनावको तयारी गर्न भन्ने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्