काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुपर्ने बताउँदै ताजा जनादेशसमेत जरुरी भएको बताएका छन् ।
निर्वाचनको पक्षमा रहेका थापाले सर्वोच्च अदालतको आदेशपछि मुलुकमा विद्यमान भ्रष्टाचार, कुशासन र सर्वसत्तावाद अन्त्य गर्न ताजा जनादेश उपयुक्त भएको प्रतिक्रिया दिएका हुन् ।
उनले भनेका छन्, ‘संविधानले संविधानको व्याख्यागर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकोले सर्वोच्चको फैसला सबैले स्विकार गर्नुपर्छ । यद्यपि मुलुकमा विद्यमान भ्रष्टाचार,कुशासन र सर्वसत्तावाद अन्त्यगर्न ताजा जनादेश उपयुक्त हो।’
प्रतिनिधी सभा विघटन सम्वन्धि सर्वोच्च अदालतको फैसलाबारे तर्कवितर्क गर्न सकिने समेत उनले बताएका छन् ।












