काठमाडौं । नेकपा केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्य एवंम लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले सर्वोच्च अदालतको फैसलाबाट प्रधानमन्त्रीको कदम पलपल पुष्टी गर्ने बताएका छन् ।

अदालतको फैसलापछि पाेखरेलको मंगलबार समाजिक सञ्चाल फेसबुकमा लेख्दै प्रधानमन्त्रीको बचाउँ गरेका हुन्।
‘सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ’ पाेखरेलले लेखेका छन्,’ हिम्मत र धैर्यताका साथ अघि बढौं।’












