Logo
Logo

आशिषको चार गोलमा कुमारी क्लव विजयी


दृष्टि संवाददाता



ललितपुर । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा श्री कुमारी क्लब विजयी भएको छ ।

बुधबारबाट सातदोबाटोस्थित एन्फा कमप्लेक्समा सुरु भएको लिगको दोश्रोे खेलमा श्री भगवती क्लबमाथि कुमारी क्लवले चारका विरुद्ध एक गोलको सहज जीत निकालेको हो ।

श्री कुमारीको जितमा चारै गोल आशिष राईले गरे । नवराज गुरुङले श्री भगवतीका लागि एक गोल फर्काए ।

खेलको २० औं मिनेटमा गोल गर्दै आशिषले श्री कुमारीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको श्री कुमारीले दोस्रो हाफमा ३ गोल थप्यो । खेलको ५३ औं, ६४ औं मिनेटमा गोल गर्दै आशिषले आफ्नो ह्याट्रिक पूरा गरे ।

७७ औं मिनेटमा आशिषले नै व्यक्तिगत तथा टिमका लागि चौथो गोल गरे । थप गरिएको समयमा नवराजले श्री भगवतीका लागि सान्त्वना गोल गरेपछि श्री कुमारीले ४–१ जित हात पारेको हो ।

जितसँगै श्री कुमारीले ६ खेलबाट ६ अंक जोड्दा पराजित भएको श्री भगवतीले समान खेलबाट ५ अंक जोडेको छ ।

 

प्रतिक्रिया दिनुहोस्