Logo
Logo

बाँसबारी क्लवद्वारा टुसाल पराजित


दृष्टि संवाददाता


काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बाँसबारी क्लबले सहज जीत निकालेको छ । बुधबार भएको खेलमा बाँसबारीले टुसाल युथ क्लबलाई तीनका विरुद्ध एक गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बाँसबारीलाई जीत दिलाउन भीष्मराज घिमिरेले दुई गोल गरे । अनिल गुरुङको नाममा एक गोल रह्यो । टुसालका सुनिल धामीले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा भीष्मराजले गोल गर्दै बाँसबारीलाई अग्रता दिलाएका थिए । खेलको ३४ औं मिनेटमा भीष्मराजले व्यक्तिगत दोस्रो गोल गरेपछि बाँसबारीको अग्रता २–० को बनाए ।

खेलको ५४ औं मिनेटमा अनिलले गोल गर्दै बाँसबारीको अग्रता ३–० को बनाए । त्यसपछि खेलको ७० औं मिनेटमा टुसालका सुनिलले एक गोल फर्काएपनि बाँसबारी ३–१ ले विजयी भयो ।

यस्तै खेलको ८८ औं मिनेटमा टुसालका एलोन राईले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको पेनाल्टी प्रहार बाँसबारीका गोलकिपरले बचाए । जीतसँगै बाँसबारीले ६ खेलमा १४ अंक जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

टुसालले ६ खेलमा ८ अंक जोडेको छ । टुसाल लिगको छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्