Logo
Logo

गायक बन्ने सपना बोकेर दैलेखबाट काठमाडौं आए यी तीन बालक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ फागुन । सामाजिक सञ्जाल फेसबुले धेरैलाई राहत दिलाएको छ । कतिको ज्यान बचाएको छ भने कतिलाई रातारात सेलिब्रेटी बनाएको छ । यस्तै, पछिल्लो समय दैलेखका तीन तारा अथवा ‘बादी गाउँका सुन्दर तीन फूल’ भनेर चिनिएका तीन दैलेखी साना भाईहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
सुमधुर स्वरका धन ती तीन बालक सानै उमेरदेखि बाटो–बाटोमा गीत गाएर पैसा कमाउँथे । भौगोलिक हिसाबले निकै विटक मानिने दैलेख जिल्लाका यी तीन भाई गीत रेकर्डिङका लागि अहिले काडमाडौँ आएका छन् । यो सम्भव उनीहरुका लागि फेसबुकले नै गरेको हो ।
बिकास बादी, सुनिल बादी र रविन्द्र बादीले गाएको गीत केही समयअघि फेसबुकमा भाइरल भएपछि उनीहरुको स्वरको प्रसंशा सबैले गरेका थिए । उक्त गीत सुनेर संगीतकार तथा गायक सम्राट चौलागाइँले तीन भाईलाई गीत रेकर्डिङ गराइ दिनका लागि काठमाडौँ ल्याएका हुन् । उनीहरु राम्रो गायक बन्न चाहन्छन् । यदि कसैले पढाउँदै गायनमा सर्पोट गरे आफूहरु देशका लागि नाम कमाउने बताउँछन् । बालगायक अशोक दर्जीको गायनबाट प्रभावित बनेका यी बालकहरु पनि अशोक जस्तै बन्न चहन्छन् ।

प्रतिक्रिया दिनुहोस्