Logo
Logo

मध्यराति ‘एयरपोर्टमा देखिए यी सेलिब्रेटी !(फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता



मुम्बई, ८ फागुन (एजेन्सी) । बलिउड स्टारको ‘एयरपोर्ट लुक’ प्रायः चर्चामा आइरहेकै हुन्छ । यस्तै, गएराति अर्थात मंगलबार राती अबेर बलिउडका केही अभिनेत्री तथा अभिनेता मुम्बई एयरपोर्टमा ग्ल्यामरस लुक्समा देखिए । तीमध्ये अभिनेत्री ऐश्वर्या राय बच्चन र अनुष्का शर्माको लुक हेर्न लायक थियो ।
ऐश्वर्या राय बच्चनले एयरपोर्ट लुकका लागि क्लासिक ड्रेसअप छानेकी थिइन् । ऐश्वर्याले ओइल ब्ल्याक लुकका साथ ब्राइट कलरको लङ ज्याकेट लगाएकी थिइन् । त्यसमाथि कालो रंगको बुटले उनी टिपटप देखिएकी थिइन् । ऐश्वर्या राय आफ्नो नयाँ प्रोजेक्टमा व्यस्त छिन् । हालै एक अन्तर्वातामा उनले भनेकी थिइन्, ‘म केही रोचक प्रोजेक्टमा काम गर्दैछु । जसका लागि निर्देशक, प्रोड्यूसर घोषणा हुनमात्र बाँकी छ ।’
मंगलबार राति नै अभिनेत्री अनुष्का शर्मा पनि कुल लुकमा मुम्बई एयरपोर्टमा देखिइन् । अनुष्का ब्लू जिन्स र सफेद टि–शर्टमा टीमअप देखिएकी थिइन् । अनुष्का आजभोली सुटिङ शेड्यूलबाट समय निकालेर पति क्रिकेटर विराट कोहलीसँग समय बिताइरहेकी छन् । एयरपोर्टमा अनुष्कासँग विराट कोहलीमा थिए । दुवै जनाले एकै कलरको ड्रेसअप गरेका थिए ।
त्यस्तै, अभिनेत्री श्रुति हसन पनि ब्लू एण्ड ब्ल्याक लुकमा एयरपोर्ट देखिएकी थिइन् । श्रुति हसन आजभोली ब्वायफ्रेन्ड माइकलसँग रिलेशनमा रहेको चर्चा छ । त्यस्तै, अमिताभ बच्चनसँग फिल्म ‘बदला’मा देखिएकी अभिनेत्री तापसी पन्नू पनि मंगलबार मुम्बई एयरपोर्टमा देखिएकी थिइन् । उनले ब्लू जिन्स र सफेद टि–शर्ट लगाएकी थिइन् । यसरी नै बेला–बेला बलिउड सेलिब्रेटीहरु एयरपोर्टमा झुल्किएर चर्चामा आउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्