Logo
Logo

सिंगापुरमा नेपाली सुन्दरीलाई सफलता


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ८ फागुन । सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज् पेजेन्टस––२०१९’मा पर्सनालिटी र मिस एथनिकसहित सेन्ट्रल एशियाकी गुल्बानो माडियारोभाले ‘मिस हेरिटेज इन्टरनेसनल’ उपाधि जितेकी छन् ।
प्रतियोगितामा मिसतर्फ नेपालकी अदिति श्रेष्ठले मिस फोटोजेनिकसहित फोर्थ रनरअपको अवार्ड पाइन् । प्रतियोगितामा फिलिपिन्सकी म्यारी किम्बर्ली कगापे फस्ट रनरअप, केन्याकी शिला अकिन्यी उडिडा सेकेन्ड रनरअप तथा जिम्बाबेकी सान्ड्रा डिजवानी थर्ड रनरअप भएका छन् ।
मिसेस् हेरिटेज इन्टरनेसनल–२०१९ तर्फ भने मिसेस् ट्यालेन्ट र पर्सनालिटी अवार्डसहित भारतकी विद्या किरण घारेले उपाधि चुम्न सफल भइन् । यस्तै, जाम्बियाकी पेसन्स् माकुन्गुले फस्ट रनरअप उपाधि जित्दा नेपालको तर्फबाट मिसेसतर्फ दुर्गा विसुराल सेकेन्ड रनरअप भइन् । दुर्गाले प्रतियोगितामा पिस ड्रेससहित पिस एम्बेसडरमा सेकेन्ड रनरअप तथा मिसेस एथनिकतर्फ फस्ट रनरअप भइन् ।
ई–प्लानेट प्रालिको आयोजनामा संचालन भएको सो प्रतियोगितामा सिंगापुर काइन्डनेस मुभमेन्ट, अंकल रिंगो काइन्डनेसन कार्निभल, मलेसियास्थित कलाइमनि केयर्सको सहकार्य थियो । सिंगापुरका सुसान सान्फुर्मी कोहको संयोजनामा संचालन भएको प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहेका थिए ।
यसअघि ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ई–प्लानेटको आयोजनामा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसल–२०१४’ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्