Logo
Logo
सरकार-विप्लव सहमति

प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने


दृष्टि संवाददाता


काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ ।

अब प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।

फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने भएका हुन् । राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।

यस्तै सरकार विप्लवबीच पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । वार्ता टोली सदस्य भट्टराईका अनुसार नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको हो ।


मंगलबारमात्रै सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको नेतृत्वमा वार्ता समिति बनाएको थियो ।

लगत्तै प्रतिबन्धित विप्लव समुहले पनि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएर वार्ताका लागि तयारी भएका थिए ।

यस्तो छ सहमति:

प्रहरीलाई सरकारको निर्देशन: ‘विप्लव समूहका नेतालाई पक्राउ नगर्नु’

प्रतिक्रिया दिनुहोस्