Logo
Logo

‘गो फण्ड मी’मार्फत सहयोग माग्दै धुर्मुस–सुन्लती


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० फागुन । हास्य अभिनेता सिताराम कट्टेल ‘धुर्मुस’ र हास्य अभिनेत्री कुञ्जना घिमिरे ‘सन्तली’ले क्रिकेट मैदानमा लागि सहयोग संकलनलाई तिव्रता दिएका छन् ।
भरतपुरको चितवनमा बन्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उनीहरुले ‘गो फन्ड मी’मार्फत आर्थिक सहयोग गर्न मिल्ने बताएका छन् । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले एउटा भिडियो सन्देश सार्वजनिक गर्दै देश बिदेशबाट ‘गो फन्ड मी’मार्फत सहयोग गर्न सकिने बताएका छन् ।
केही महिनाअघि औपचारिक रुपमा निर्माण घोषणा गरिएको उक्त रंगशाला अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला नेपाली मौलिक शैलीमा निर्माण हुने बताइएको छ । रंगशाला निर्माणका लागि अहिले धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक संकलन गरिरहेको छ ।
चितवनको भरतपुरमा निर्माण हुने रंगशालाको लागि फिल्डको काम सुरु भइसकेको छ । फाउण्डेशनले कर्मचारीहरुको आवास र संचालनका लागि चिवनको रामपुरमा शाखा कार्यालयसमेत संचालन गरिसकेको छ ।
बहुउद्देश्यीय यो रंगशाला निर्माणका लागि ३ अर्ब लाग्ने अनुमान गरिएको छ । फाउण्डेशनका अनुसार रंगशालामा क्रिकेटमात्र नभई नेपालमा खेलिने महत्वपुर्ण खेलहरुसमेत उक्त रंगशालामा खेल्न सकिने बताइएको छ । यो परियोजना सिलान्यास गरिएको २ बर्षमा सम्पन्न गर्ने फाउण्डेशनको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्