Logo
Logo

पेरुको सुनखानीमा पहिरो, दर्जनौँको मृत्यु


- दृष्टि न्युज/संवाददाता


लीमा, १० फागुन (एएफपी) । पेरुको एन्डीज क्षेत्रमा सञ्चालित सुनखानीमा ठूलो वर्षासँगै पहिरो जाँदा त्यहाँ कार्यरत दर्जनौँ व्यक्ति मारिएको स्थानीय अखबारहरुले जनाएका छन् ।
पेरुको गृह प्रशासन (इन्डेसी)ले ट्वीट गर्दै पुनोको दक्षिणी भेगमा सञ्चालित एक अवैध खानीमा दुर्घटना भएको भन्ने खबर पाइएको र त्यहाँ उद्धार टोली परिचालन गरिएको जनाएको छ ।
ला रिपब्लीका अखबारले खानीमा कार्यरत सात जनालाई बगाएको जनाएको छ । अरु केही व्यक्ति हिलोमा पुरिएका र तिनीहरुको खोजी भइरहेको पनि अखबारले जनाएको छ । उक्त सुनखानी निकै दुर्गम इलाकामा रहेकाले खोजी र उद्धारमा कठिनाई भइरहेको बताइएको छ । पेरुमा दर्ता नगरिएका सुनखानी धेरै रहेको विश्वास गरिन्छ । यहाँ मजदूरहरुको अवस्था समेत अत्यन्त नाजूक रहने गरेको छ ।
यसै महिनाको शुरुमा पनि अवैध खानीमा कार्यरत चार जना मजदूरको मृत्यु भएको थियो । गत साता पनि ठूलो वर्षापछि आएको पहिरोमा पुरिएर दुई जना मजदूरको ज्यान गएको थियो । पेरुका हरेक सरकारले गैरकानुनी यस्ता खानीको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेपनि ठोस कार्य हुन सकेको छैन ।

यसै साता राष्ट्रपति मार्टिन भिजकार्राले अमेजोन क्षेत्रमा सञ्चालित अबैध खानीलाई नियमन गर्ने अभियान शुरु गर्नुभएको छ । पेरु विश्वकै छैटौं ठूलो सुन उत्पादक राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस्