Logo
Logo

‘लण्डन फेसन विक’मा अनिता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० फागुन । मोडलिङ र फेसनलाई ‘प्यासन’ बनाउँदै आएकी मोडल अनिता लिम्बू विभिन्न फेसन शोमा देखिँदै आएकी छन् ।
यसैक्रममा गएको १५ फेब्रुअरीमा लण्डनमा आयोजित ‘लण्डन फेसन विक’को रन–वेमा देखिइन् । उक्त चर्चित फेसन शोमा अनिताले विभिन्न लण्डनकै फेसन डिजाइनरहरुले तयार गरेको कस्ट्यममा रन–वेमा उत्रिएकी थिइन् । रन–वेमा उत्रिँदा वाहवाही पाएकी अनिता एकपछि अर्को शोमा क्याटवाक गरेकी थिइन् ।


डिजाइनर एशोसिएन लण्डनले आयोजना गरेको ‘लण्डन फेसन विक–२०१९’मा अनिता विभिन्न चार वटा सिक्वेन्समा देखिइन् । एउटै शोमा एकजना मोडलले चार वटा सिक्वेन्स गर्नु आफैमा उदाहरणीय मानिन्छ ।
केही वर्षयता अनिताले लण्डनमै मोडलिङलाई करिअरका रुपमा अँगाल्दै आएकी छन् । म्युजिक भिडियोहरुमा समेत अभिनय गर्दै आएकी अनिताले ‘अक्सफोर्ड फेसन विक’जस्ता चर्चित फेसनहरुमा क्याटवाट गरिसकेकी छन् । यसपटक अनिता होल्ली इभान्स, मेर्डी शिओम्बिङ, नदिरा मेहजौब, जोस्लिन चेन र स्टेसी सेइमजस्ता चर्चित डिजाइनरहरुले तयार गरेको कस्ट्युममा रन–वेमा उत्रिने अवसर पाइन् । यसअघि पनि लण्डनमा आयोजित विभिन्न फेसन शोहरुमा रन–वे नापिसकेकी अनिताले भनिन्, ‘लण्डन फेसन विक यहाँको एक विशेष शोमा मानिन्छ ।’ उक्त शोले आफ्नो मोडलिङ करिअरमा थप इँटा थप्ने काम गरेको उनले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्