Logo
Logo

पाकिस्तानद्वारा दुई संगठन प्रतिबन्धित


- दृष्टि न्युज/संवाददाता

0
Shares

इस्लामावाद, १० फागुन (सिन्ह्वा) । पाकिस्तान सरकारले यहाँका दुई ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ । ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखी सकेको छ ।
आर्थिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन राष्ट्रसंघले यसअघि नै सिफारिश गरेका ती दुई संस्थालाई पाकिस्तानको सरकारले पनि प्रतिबन्ध लगाएको हो । भारत प्रशासित काश्मिरमा भएको हालैको आतंककारी हमलापछि ती संस्थालाई प्रतिबन्धित गरिएको बताइएको छ ।
ती संस्थामाथि यसअघि पाकिस्तान सरकारले प्रतिबन्ध लगाएको तर बीचमा फुकुवा गरेको थियो । भारत प्रशासित काश्मिरमा हालैमात्र भएको आतंककारी हमलापछि बिहीबार पुनः ती संस्थामाथि प्रतिबन्ध लगाइएको हो । पाकिस्तान सरकारका सुरक्षा निकाय र राष्ट्रिय सुरक्षा परिषदको बैठकपछि बिहीबार ती संस्थामाथि प्रतिबन्ध लगाइने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तान सरकारका उच्च सैन्य तथा प्रहरी अधिकारीहरुको सहभागितामा सो निर्णय भएको पाकिस्तान सरकारले जनाएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार राष्ट्रिय सुरक्षा अंगका प्रमुखहरुसँग बैठक र परामर्श गरेर ती दुइ ओटा संगठनमा प्रतिबन्ध लगाउने निर्णय गरिएको बताइएको छ ।
जमात उद दवा र फलाह–ए–इन्सानियत नामका ती संगठनमाथि प्रतिबन्ध लगाइएको हो । ती दुई पाकिस्तानी संगठनको लस्कर–ए–तोइबा नामक आतंककारी संगठनसँग सम्बन्ध रही आएको पाइएको जानकारी यसअघि नै संयुक्त राष्ट्रसंघले जनाएको थियो ।
पाकिस्तानी लस्कर–ए–तोइबा नामक आतंककारी संगठनले भारत प्रशासित काश्मिरमा आतंककारी क्रियाकलाप गर्दै आएको छ । हालैमात्र त्यहाँ आक्रमण गरेर भारतीय सुरक्षा अधिकारी र सर्वसाधारणको ज्यान लिने काममा पनि सो संगठनको नाम आएको छ ।
उक्त संगठनले पनि पाकिस्तान तथा भारतीय काश्मिरी क्षेत्रमा हिंसात्मक हमलाहरु गर्दै आएको छ । उक्त संगठनका कारण भारतीय पक्षमा हिंसा भड्काउने गरिएको भारतले बताउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्