Logo
Logo

विमेन इन रोटरीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस


दृष्टि संवाददाता


काठमाडौं । विमेन इन रोटरीले ११३ औं अन्तर्राष्ट्रिय नारी अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् । विमेन इन रोटरी डिस्ट्रिक्ट ३२९२ ले समान भविष्यका लागि महिला नेतृत्व भन्ने नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस शनिबार काठमाडौमा एक कार्यक्रम गरि मनाएको हो ।

कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानकी प्रथम महिला डिस्ट्रिक्ट गर्भनर जया राज्यलक्ष्मी शाहले महिलालाई आत्मनिर्भर बनाउन रोटरीले उल्लेखनिय भूमिका खेलेको बताईन् । उनले महिलालाई आत्मनिर्भर बनाउन सके त्यसले महिला शसक्तिकरणमा बल पुग्ने बताईन । कार्यक्रममा होटल एसोसियन अफ नेपालकी अध्यक्ष सिर्जना राणाले कोभिड कहरले नेपालको पर्यटन क्षेत्रमा पारेको प्रभावका बारेमा चर्चा गर्दै कुनै पनि कार्यमा सफल हुन आत्मबलको खाँचो हुने बताईन ।

औपचारिक शिक्षा छैन भनेर हिनताबोध पाल्नुभन्दा दृढ विश्वासका साथ अगाडि बढन सकेमा हरेक कुरा सम्भव हुने राणाको तर्क थियो । पूर्व मिस नेपाल श्रृखला खतिवडाले महिला अधिकारको सवाल नारी दिवसका अवसरमा मात्र नभएर प्रत्येक दिन उठाउनुपर्ने बताईन । कार्यक्रममा स्नेहको काखकी सञ्चालिका श्रीनेहा पोखरेललाई सम्मान गरिएको थियो । पोखरेलले मानसिक रोगको शिकार भई सडकमा बेबारिसे बनेका महिला, बालबालिकालाई स्नेहको काखमा ल्याएर उनीहरुको संरक्षण तथा उपचार गराउने गरेकी छन ।

कार्यक्रममा रोटरियन तथा ननरोटरियनको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता विमेन इन रोटरी डिस्ट्रिक्टकी चियर शारदा आर्चाय पोखरेलले गरेकी थिइन भने संचालन कोचियर मञ्जु धमला थापाले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्