Logo
Logo

ऋषि कट्टेलको नेकपा आधिकारिक, सत्ताधारी नेकपा खारेज !


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएको छ ।

आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदनमा फैसला गर्दै नेकपाको आधिकारिकता उनलाई दिएको हो ।

सर्वोच्चको फैसलासँगै वर्तमान सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेज भएको छ । अब सत्ताधारी नेकपाले अर्को दल दर्ता गर्नुपर्ने हुन्छ ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोगमा मुद्दा दर्ता गरेका थिए ।
आयोगले कट्टेलको पार्टीको नामको छोटकरी रुप (ने. क. पा.) भएकाले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पार्टीलाई (नेकपा) बनाएर दर्ता गर्न दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्