Logo
Logo

तामाङ भाषामा बन्यो ‘ङ्हो’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ फागुन । तामाङ भाषामा चलचित्र ‘ङ्हो’ अर्थात (भाग्य) निर्माण भएको छ । तामाङ भाषा, कला, संस्कृति जगेर्ना गर्नुका साथै पुस्तान्तरणको लागि निर्मित उक्त चलचित्रबारे निर्माणपक्षले बारेमा जानकारी दिए ।
कार्यक्रममा ‘ङ्हो’मा तामाङ समुदायमा रहेका थरमध्ये स्वाँगे भाई सह–अस्तित्व र कुटुम्ब साइनोबीच अज्ञानता र दुविधाले पारिएको समस्यालाई उजागर गर्न खोजिएको निर्देशक भुवन स्याङ्बो तामाङ बताए । उनले भने, ‘ग्लोवलाइजेसनको प्रभावले सहअस्तित्वहरु मेटाउन खोजिएको छ । यसैले चलचित्रले पक्कै पनि त्यसको शिक्षा दिन खोजिएको छ ।’
कार्यक्रममा कलाकार जयनन्द लामाले चलचित्रमार्फत आफ्नो मौलिकता प्रस्तुत गर्न पछिल्लो पुस्ता लागिपरेको भन्दै खुसी व्यक्त गरे । उनले थपे, ‘प्रविधि र समय विकाससँगै चलचित्र बनोट विकास भएपनि सामाजिक चित्रण समेट्न सकिनुपर्छ ।’
तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले भाषिक चलचित्रहरु पनि सिनेमा हलमा जान सक्ने आधार तय गर्नु जरुरी रहेको औँल्याए ।
फापरे फिल्मस् प्रालिको तेस्रो प्रस्तुति रहेको यस चलचित्रको निर्माण सुनिमाया तामाङले गरेकी हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको यस चलचित्रमा
आरम्भ तामाङ, किसमान तामाङ, निर्मला तामाङ, एलेक्स घले, छिमी मम्बा, मारनेन वाइबा, अनिता तामाङ, डोल्मा तामाङ, राजन तामाङ, निलमान तामाङ, रोज तामाङ, रिमान तामाङ, विजय तामाङ, झरना गुरुङ, सुमिता माङ र बालकलाकार तेञ्जिङ सोनामले अभिनय रहेको छ ।
नरमान (रविन) तामाङको पटकथा, राहुल राई र सुर्य लामाको छायांकन तथा राजु तामाङको द्धन्द्ध निर्देशन रहेको यस चलचित्रमा द पिक स्टुडियोले पाश्र्वसंगीत गरेको छ । चलचित्रमा माटिका बम्जन, सागर एस वाइबा, आरम्भ तामाङ, जितु लोप्चनको स्वर छ । करिब २० लाख रुपैयाँ लागतमा निर्माण गरिएको यस चलचित्रलाई आउँदो नयाँवर्षको बैशाख पहिलो साता च्यारिटी शो गरिने निर्माणपक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्