Logo
Logo

सत्ता समिकरणबारे जसपाका शीर्ष नेताहरु छलफलमा


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नयाँ सत्ता समीकरणबारे छलफलमा जुटेको छ । यसैक्रममा बिहीबार जसपाका शीर्ष नेताहरुबीच छलफल भइरहेकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता जोगाउनका लागि निर्णायक मानिएको जसपासँग नेकपा माओवादी केन्द्रसँग पनि छलफल गर्दै आएको छ । तर, कुनै निर्णय लिएको छैन ।
जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरु अशोक राई र राजेन्द्र महतोले पार्टीमा शीर्ष नेताहरुको भूमिका खेल्ने गरेका छन् । यसअघि
जसपाको मंगलबार बसेको संसदीय दलको बैठकले जुन पार्टीले जसपाले उठाउँदै आएका मुद्दा जसले सम्बोधन गर्छ, उसैलाई सत्ता समिकरणमा साथ दिने सहमति गरेको थियो । राजनीतिक घटनाक्रमबारे साझा धारणा बनाएर जानका लागि आज छलफल भइरहेको जसपाका एक नेताले बताए ।
जसपाका अध्यक्ष ठाकुर र महतोले सत्ता समीकरणका विषयमा प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग केहि चरणका भेटवार्ता गरिसकेका छन् ।

जसपाले रेशम चौधरीमाथिको मुद्दा र मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मागलाई केन्द्रमा राखेर सबै दलहरुसँग छलफल गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्