Logo
Logo

ओली प्रवृत्तिविरुद्ध मर्न पनि तयार छु : अध्यक्ष प्रचण्ड


दृष्टि संवाददाता


फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली प्रवृत्तिविरुद्ध आफू जेल जानमात्र नभएर मर्न पनि तयार रहेको बताएका छन् ।
बिहीबार स्वास्थ्यकर्मीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘केपी ओली प्रवृतिको अन्त्य हुनैपर्छ । त्यसका लागि म जेल जान पनि तयार छु ।’
उनले केपी प्रवृत्तिविरुद्ध लेखिएको १९ पेज लामो डकुमेन्टमा आफूले केपी प्रवृत्तिविरुद्ध जेल जान र मर्न तयार रहेको बताएको स्मरण गरे । गणतन्त्र समाप्त पार्ने केपी ओलीको षड्यन्त्र समाप्त पारिएको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले ब्याटल जित्यौँ, वार जितेका छैनौँ ।’
अध्यक्ष प्रचण्डले आफूलाई पूर्वलडाकुलगायतका कार्यकर्ताले आवश्यक परे जनयुद्ध लड्न फेरि तयार रहेको बताउने गरेको बताउँदै भने, ‘तर, प्राप्त उपलव्धी रक्षाका लागि हिंसात्मक नभई शान्तिपूर्ण तवरबाट अघि बढ्दै देशव्यापी रुपमा कार्यकर्ताहरुको भेला गर्ने छौँ ।’

 

प्रतिक्रिया दिनुहोस्