Logo
Logo

काश्मिर घटनायता बलिउडलाई १०२ करोड घाटा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ फागुन । भारत प्रसाशित काश्मिरको पुलवामा घटनायता मात्र बलिउडलाई १०२ करोड रुपैयाँ घाटा भएको छ । भारतीय मिडियाले जनाएअनुसार पलुवामा भएको आतंकवादी आक्रमण यता पाँच बलिउड फिल्म रिलिज भयो । तर, सो घटनापछि भारत र पाकिस्तानबीच विवाद हुँदा ती कुनै फिल्म पाकिस्तानमा रिलिज गरिएन । जसबाट बलिउड निर्माताहरुलाई १०२ करोड घाटा भएको बताइएको छ ।
पुलवामा घटनापछि भारत पाकिस्तानबीच विवाद चुलिँदै गएको छ । भारतले उक्त घटनामा पाकिस्तानको हात रहेको आरोप लगाउँदै आएको छ । तर, पाकिस्तास्तानले उक्त घटनामा आफ्नो कुनै हात नभए भन्दै आएका छन् ।
पुलवामा घटनापछि टोटल धमाल, लुका छिपी, अर्जुन पटियाला, केसरी र भारत जस्ता बलिउड फिल्म रिलिज भएका छन् । तर, दुई देशबीचको विवाददे फिल्म निर्माताहरुले भने नराम्ररी नोक्सानी बेहोर्नुपरेको छ । यो कुुरा फिल्म वितरकहरुले स्वीकारेका छन् ।
पाकिस्तानको इन्टरटेनमेन्ट इन्डस्ट्री भारतको एक हिस्सा मानिन्छ । जहाँ हिन्दी फिल्मले राम्रो व्यापार गर्दै आएको छ । पाकिस्तानका फिल्म वितरक बाबर शेखले भारतीय मिडियासँग भनेका छन्, ‘पाकिस्तानमा ‘टोटल धमाल’ र ‘लुकाछिपी’ले मात्र १५ देखि १८ करोड रुपैयाँसम्म कमाई गर्ने थियो । उनले ‘केसरी’ को व्यापार २० देखि २२ करोडसम्म गर्ने अनुमान गरेका थिए ।
त्यस्तै, फिल्म ‘भारत’को बिजनेस ४० करोड रुपैयाँभन्दा माथि हुने आशा गरेका थिए । उनी भन्छन्, ‘पाकिस्तानमा बलिउडको सबै फिल्म रिलिज हुन्छ । जसमा पछिल्लो समय रणवीर सिंहको ‘पद्मावत’ र ‘सिंबा’ले यहाँ एकदमै राम्रो व्यापार गरेको थियो ।’
भारतीय फिल्म पंण्डितहरु भने पाकिस्तान बलिउडको एकदमै सानो बजार बताउँछन् । फिल्म समीक्षक तरण आदर्शका पाकिस्तानको फिल्मी बजार ७५ देखि ८० प्रतिशत हिस्सा बलिउड फिल्मले ओगटेको छ । पाकिस्तान बर्षमा बल्लतल्ल १० देखि १५ फिल्म बन्ने गरेको छ । यो कुरा जि स्टूडियोज इन्टरनेशनलका ओभरसीज मार्केटिङ डिस्ट्रिब्यूशन तथा कार्यकारी निर्देशक विभा चोपडा पनि स्वीकार्छिन् । तर, उनी पाकिस्तानमा फिल्म नचलाएपनि बलिउडलाई कुनै घाटा नहुने बताउँँछिन् ।
यूके, यूएस, क्यानडा, अस्ट्रेलिया, हङकङ, थाईल्याड, चीन, जापानजस्ता देशबाट आउने ओभरसीजको कुल कलेक्शनमा पाकिस्तान पाँचदेखि सात प्रतिशत मात्र कन्ट्रिब्यूशन हुने उनको भनाइ छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्