Logo
Logo

अमेरिकामा नेपाली चालकलाई दुर्व्यवहार गर्ने दुई युवती पक्राउ


दृष्टि संवाददाता


एजेन्सी । नेपाली उबर चालक शुभाकर खड्कालाई दुर्व्यवहार गर्ने दुई युवती पक्राउ परेकी छन् । उनीहरूलाई सनफ्रान्सिस्को प्रहरीले लस भेगासबाट पक्राउ गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

पक्राउ पर्नेमा २६ वर्षीया मलेसिया किङ र २४ वर्षीया आर्ना किमाइ छन् । लस भेगास प्रहरी प्रवक्ताका अनुसार पक्राउ परेका ती युवतीले नेपाली चालकलाई दुर्व्यवहार गरेर लुटपाट गर्न खोजेका थिए । दुर्व्यवहारमा संलग्न अर्की एक युवती चाहिं फरार छन् ।

सनफ्रान्सिस्को प्रहरीमा अपराध विभाग हेर्ने अफिसर ट्रेसी म्याककारीका अनुसार पक्राउ परेकी युवती किमाइले चाहिं प्रहरीसँग आफ्नो गल्ती स्वीकार्दै आत्मसमर्पण गरेकी छन् । ‘भिडियो हेर्दा महामारीको समयमा उनीहरु लुटपाट गर्ने नियतमा उत्रिएजस्तो देखिन्छ’ म्याककारीले भने ।

खड्कालाई आक्रमण गर्ने युवती किङलाई प्रहरीले रसायन प्रयोग गरेर हानि पुर्‍याउन खोजेको र स्वास्थ्य नियमको उल्लंघन गरेको आरोपमा मुद्दा चलाउने भएको छ ।

घटनापछि उबरले विज्ञप्ति जारी गर्दै तीनैजना युवतीलाई आफ्नो सेवा लिनका लागि रोक लगाइने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्