Logo
Logo

मुलुकको समृद्धिका लागि उत्पादनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ : काग्रेस गिरी


दृष्टि संवाददाता


बाजुरा । नेपाली कांग्रेसका नेता एवं भूमिसुधार सहायक पूर्वमन्त्री जनकराज गिरीले निजी क्षेत्र नै देश विकासको प्रमुख मेरुदण्ड भएकोले उत्पादनको जिम्मा निजी क्षेत्रलाई नै दिनुपर्ने बताएका छन् । तीन खम्बे अर्थनीति मध्ये निजी क्षेत्रको योगदान मुलुक समृद्धका लागि अनिवार्य रहेको बताएका छन् ।


बाजुरा उद्योग वाणिज्य संघको साताँै जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गिरीले राज्य एक्लैले मात्र केही गर्न नसक्ने हुँदा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताए । राज्यले पनि निजी क्षेत्रलाई लगानी मैत्री वातावरण बनाइदिनु पर्ने सुझाव गिरिको छ ।
निजी क्षेत्रसँगको सहकार्य र साझेदारीले मात्र सरकारको आर्थिक योजना सफल हुने बताउँदै गिरीले लगानीको वातारण राज्यले बनाउनु पर्ने सुझाव दिए । तीन तहकै सरकारले निजी क्षेत्रको लगानीलाई प्रश्रय दिनपर्ने उनको भनाइ छ ।
अरुको उत्पादनलाई विक्री गर्ने व्यवसायबाट मात्र जिल्लाको समृद्धी र विकास नहुने भएकोले बाजुराको उत्पादन र पहिचानको खोजी गर्ने जिम्मा उद्योग वाणिज्य संघको हुनु पर्ने सुझाव कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गिरिले दिए ।
यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले उद्योग अनुदानका लागिमात्र खोलिएको अवस्थाले परनिर्भरता बढेको बताए । आफँै उत्पादन गर्ने उद्योगभन्दा सरकारी अनुदानका लागि स्थापना हुने उद्यम व्यवसायलाई तीन तहका सरकारले बढावा दिन नहुने बताए ।
निजी क्षेत्रले नै उद्यम विकास र उत्पादनको जिम्मा लिनु पर्नेमा नेपालमा त्यसको ठिक उल्टो भएको र राज्यले पनि लगानीको वातावरण निर्माण नगरेको गुनासो समन्वय समिति प्रमुख रोकायाको छ ।
कार्यक्रममा त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावल, बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक विक्रम शाह, नेपाली काँग्रेसका सहसचिव रनसिंह अयडी, माओवादी केन्द्रका गोरख सार्की, जनता समाजवादी पार्टीका बडुवाल, पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंह, रेडक्रस सभापति रमबहादुर शाही, मार्तडी बजार व्यवस्थापन समिति अध्यक्ष चक्र मल्लले शुभकामना मन्तव्य राखेका थिए ।
यसैबीच बाजुरा उद्योग वाणिज्य संघले जिल्लाका सफल उद्यमी व्यवसायी र सामाजिक विकासमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरेको छ ।
शिक्षा विकासमा योगदान पुर्याए वापत मालिका नमुना माविका प्राचार्य शुभराज पाध्याय, सामाजिक क्षेत्रमा योगदान पुर्याएवापत पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंहलाई सम्मान गरिएको छ ।
यस्तै आधुनिक कृषि खेतीको प्रवद्र्धन र विकासमा योगदान गरेवापत कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मिनप्रसाद जैशी, वाणिज्य संघका प्रदेश सदस्य गोपाल कार्की, मासु व्यवसायी मिनबहादुर सिंहलाई पनि सम्मान गरेको छ ।
यस्तै कमिटी कैलाश इटा उद्योगका नरेन्द्र रावल, कपडा उद्योगी गणेश रोकाया, लक्ष्मी भाँग्रो उद्योगका भाना रोकाया, जडिबुटी किसान भैरव शाही, ढम्कने सहकारी संस्था, मिलोमतो सहकारी संस्था, स्थानीय रैथाने बील विक्री गर्ने सामुदायिक बीउ बैंकका सञ्चालन टेकेन्द्रबहादुर सिंहलाई सम्मान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्