Logo
Logo

वाइडबडी विमान खरिद घोटालामा अनुसन्धान सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १३ फाल्गुन ।

नेपाल वायुसेवा निगमका दुई वाइडबडी प्रकरणमा अख्तियारले विस्तृत अनुसन्धन थालेको छ । वाइडबडी प्रकरणमा मुछिएकाहरुसँग बयान लिन थालिएको अख्तियार प्रमुख नवीनकुमार घिमिरेले बताएका छन् ।

‘वाइडबडी विषयमा अख्तियरले विस्तृत अनुसन्धान थालेको छ,’ राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति बैठकमा उनले भने, ‘बयान लिने कार्य भइरहेको छ । अनुसन्धानका क्रममा रहेकाले यो विषयमा थप बोल्न चाहन्नँ ।’ वाइडबडी खरिदमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइएको उनले सुनाए ।

यसबारे संसदको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरी छानबिन गरेको थियो । उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्र्कष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्