Logo
Logo

ओली-नेपाल पक्षको आ-आफ्नै अडान


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको ओली र माधव पक्षबीचको छलफल सकिएको छ । पार्टी केन्द्रीय कायौलय धुम्बाराहीमा सोमबार भएको पहिलो छलफलमा दुवै पक्षले आ–आफ्नो अडान राखेका छन् ।
वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ । तर, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे ठोस जवाफ दिएका छैनन् ।
छलफलपछि माधव नेपालपक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको बताएपनि प्रधानमन्त्रीबाट जवाफ नआएको बताए ।
उनले अदालतले एमालेलाई एकै ठाउँमा ल्याइदिएको सन्दर्भमा बताएको र अब पार्टीलाई एकताबद्ध र सुदृढ दिशातिर अघि बढाउनुपर्नेबारे छलफल भएको बताए ।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बालुवाटारमा विशेष बैठक राखेर माओवादीतर्फका २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै केही नेताहरूको जिम्मेवारी हेरफेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्