Logo
Logo

प्रियंका–आयुशमान अभियानकर्मीमा नियुक्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ फागुन । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मी नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उनीहरूलाई अभियानकर्मी नियुक्त गरेको जनाइएको छ ।
देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियानकर्मीद्वयलाई मन्त्रालयले एक वर्षका लागि सो नियुक्ति दिएको हो ।
केही साताअघि मात्र सामाजिक काममा योगदान पु¥याउने उद्देश्यका साथ आयंका फाउन्डेशन दर्ता गरेका उनीहरूले उक्त महाअभियानको अभियानकर्मीको रुपमा आफूलाई पाउँदा खुशी लागेको बताउँदै दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्