Logo
Logo

एमाले नेताहरुको बालुवाटारमा चियापान, नेपाल-खनाल पक्ष नजाने


दृष्टि संवाददाता


काठमाडौं । नेकप एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुलाई बालुवाटारमा आज चियापानका लागि बोलाएको छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजेपछि आयोजना हुने चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको हो । ओलीले आज आयोजना गरेको चियापान कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ ।

बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल पक्षले भने ओली पक्षले गरेको आजको चियापान कार्यक्रम बहिष्कार गर्ने जनाईसकेको छ ।

पार्टीमा ओलीको स्वेच्छाचारिता बढेको भन्दै नेपाल पक्षले भोलि कार्यकर्ता भेला बोलाएको छ । सोही भेलाको बारेमा जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्