Logo
Logo

ग्लोबल आइएमई बैंकको साथ क्यान्सरसम्बन्धी जनचेतनामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौंको बसुन्धारास्थित हेराल्ड इन्टरनेशनल कलेजमा आयोजित उक्त जनचेतनामूलक कार्यक्रममा उक्त कलेजमा अध्ययनरत पाँच सय जना विद्मार्थी र शिक्षकहरु उपस्थित रहेका थिए । उक्त जनचेतनामूलक कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा विष्णुदत्त पौडेलले क्यान्सर रोगको कारण, लक्षण र रोकथामका उपायबारे स्पष्ट पारेका थिए ।
यसका साथै सोही कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेडसँग हातेमालो गरी नेपाल प्रहरीले साइबर क्राइमको बारेमा प्रस्तु्ती दिएको थियो । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भूकम्पलगायतका विपत्को समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्