Logo
Logo

हिमालयन बैंकद्वारा बाजुराका ३१ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बाजुराको खप्तड छेडेदह गाउँपालिकाका ३१ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

हिमालयन बैंक र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको ‘एक घर एक बैंक खाता’ अभियान नेपालमै पहिलो पटक सम्पन्न गरेको उपलक्ष्यमा आयोजित नमुना गाउँपालिका घोषणा सभा कार्यक्रममा उक्त समाग्रीहरु विद्यालयहरुका प्रधानाध्यापक तथा विद्यालयका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हाे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय धनगढीका निर्देशक शुभाषचन्द्र घिमिरे, हिमालयन बैंकका कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधान, सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मी तथा छेडेदह शाखाका शाखा प्रमुख किरण रिजाल, गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतलगायतको उपस्थिति रहेको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत छेडेदहवासीको शैक्षिक स्तर सुधार्ने पहलमा सहकार्य गर्दै सामुदायिक विद्यालयहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको बैंकका कार्यकारी सञ्चालन अधिकृत प्रधानले बताए। गाउँपालिकाका अध्यक्ष रावतले सहकार्य र सहयोगका लागि बैंकलाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया दिनुहोस्