Logo
Logo

रुमालै छ चिनो : फिल्म हेर्न जाँदा रुमाल सित्तैमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ फागुन । गएको शुक्रबारबाट रिलिज भएको नेपाली फिल्म ‘रुमालै छ चिनो’ले दर्शकको मन जित्न सफल भएको निर्माणपक्षले जनाएको छ ।
यो फिल्मलाई काठमाडौंका दर्शकले रुचाएका छन् । त्यस्तै उपत्यकाबाहिर पनि ‘रुमालै छ चिनो’ले दर्शकको मन जितिरहेको बताइएको छ । यसैक्रममा यो फिल्मको निर्माण टिमले दर्शकलाई हलमै पुगेर रुमाल वितरण गरेको छ ।
फिल्म ‘रुमालै छ चिनो’ले उपत्यकामा राम्रो दर्शक पाइरहेको छ । उपत्यकामा दर्शकको साथ पाएर उत्साहित बनेको निर्माण युनिट सोमबार उपत्यका बाहिरका हलमा पुगेर दर्शकलाई रुमाल बाँडेको हो । दर्शकलाई हलमा पुगेर निर्देशक दिनेश सिंह ठकुरी, अभिनेत्री अफ्सना थापा, निर्माता चन्द्रबहादुर खड्का, कलाकार शान्ति श्रेष्ठलगायतले पोखराको विन्ध्यबासिनी हल पुगेर रुमाल चिनो बाँडेका छन् । फिल्म हेर्न आएका दर्शकले रुमाल पाएपछि खुसी भएका छन् । यो टोलीले बुटवललगायतका हलमा पुगेर दर्शकलाई रुमाल बाँड्ने कार्यक्रम रहेको निर्माण टिमले जनाएको छ ।
ज्योती फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको ‘रुमालै छ चिनो’ मा किशोर खतिवडा, सञ्चिता लुइँटेल, सुशान्त कार्की, अफ्सना थापा, मिथिला शर्मा, रश्मी भट्ट, सुरवीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, शान्ति श्रेष्ठलगायतका कलाकारको मुख्य अभिनय रहेको छ । यस फिल्ममा सम्राट बस्नेतको द्वन्द, सागर लामाको नृत्य, बिनोद सापकोटाको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्