Logo
Logo

दिल्लीमा नेपाली महिलाको गोली हानी हत्या


दृष्टि संवाददाता

819
Shares

काठमाडाैं । भारतको नयाँ दिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ। भारत स्थित नेपाली दूतावासका उपनियोग प्रमखु रामप्रसाद सुवेदीका अनुसार दिल्लीको मजनुका टीलामा नुवाकोट दुप्चेश्वर स्थायी घर भएकी मिना तामाङको हत्या भएको हो।

मजनुका टीलामा उनले ४ वर्षदेखि पसल संचालन गर्दै आइरहेकी थिइन्। वुधबार विहान करिव ६:३० बजेतिर मोटर साइकलमा आएका दुई जना व्यक्तिले लुटपाट गर्न खोजेको र प्रतिकार गर्न खोज्दा गोली हानी हत्या गरेको जनाइएको छ। उनका श्रीमान् र दुई सन्तान दिल्लीमा बस्दै आएका छन्।

घटनाबारे नेपाली दूतावास दिल्लीले दिल्ली प्रहरीका उच्च अधिकारीलाई सम्पर्क गरी घटनाबारे छानविन गरी दोषीलाई तत्काल पक्राउ गर्न आनुरोध गरेको सुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस्