Logo
Logo

एट्लान्टा गोलीबारी : छ एशियाली महिलासहित आठकाे मृत्यु


दृष्टि संवाददाता

252
Shares

एजेन्सी । अमेरिकाको जर्जिया राज्यमा मंगलबार तीनवटा ‘स्पा’मा भएकाे गोलीबारीमा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । मारिनेमध्ये छ महिला एशियाली देश र दुई अमेरिकन भएकाे बीबीसीले जनाएकाे छ ।

जर्जियाको राजधानी एट्लान्टाको छेउछाउको शहर अक्वर्थ नजिकै याेङ्ग एसियाली मसाज सेन्टरमा स्थानीय समय अनुसार मंगलबार बेलुका पाँच बजे (नेपाली समय अनुसार बुधबार बिहान पौने ३ बजे) पहिलो गोलीकाण्ड भएको थियो ।

त्यहाँ चार जना मारिएकाे एटलान्टा जर्नल-कन्स्टिट्युसन अखबारले जनाएकाे छ । मारिनेमा दुई एसियन महिला, एक श्वेत महिला र एक श्वेत पुरुष छन्। एक हिस्प्यानिक पुरुष घाइते भएका छन् ।

त्यसको एक घण्टा पछि एट्लान्टा पुलिस विभागले उत्तरपूर्वी एटलान्टामा दुई व्यवसायिक संस्थाहरूमा चार महिला मृत अवस्थामा फेला परेकाे जनाएकाे छ। विभागका अनुसार ती मृतक गोल्ड मसाज ‘स्पा’ र अरोमा थेरापी ‘स्पा’मा भेटिएकाे हाे।

चारैजना महिला एसियन रहेको एट्लान्टा जर्नल–कन्स्टिच्युसनले उल्लेख गरेको छ। प्रहरी घटनाम संलग्न रहेकाे आराेपमा एक २१ वर्षीय श्वेत व्यक्ति रबर्ट आरोन लाेङ्गलाई हिरासतमा लिएको छ।

लाेङ्गलाई एटलान्टाबाट २४० किलोमिटर पछ्छाएर पक्राउ गरिएको जर्जियाको सुरक्षा विभागले फेसबुकमा भनेको छ। मंगलबार बेलुका भएको आक्रमणको कारण वा उद्देश्य खुलेको छैन। तर पछिल्ला महिनाहरुमा अमेरिकामा एसियन–अमेरिकनहरुमाथिको हिंसा बढ्दै गएको छ।

कोरोना भाइरसको संक्रमण फैलिनुमा एसियनहरुको भूमिका रहेको गलत सूचना फैलाइएपछि हिंसाका घटना बढेका छन्।

प्रतिक्रिया दिनुहोस्