Logo
Logo

वीर गणेशमान सिंह रोड रेस शनिबार


दृष्टि संवाददाता


काठमाडौं । वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गतको वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह दोश्रो १० के रोड रेस शनिबार हुने भएको छ । रेस डाइरेक्टर सुशिलनरसिंह राणाका अनुसार प्रतियोगितामा ४–५ सय खेलाडीको सहभागि हुने बताइएकाे छ ।

पुरुष/महिला दुवैमा शीर्ष पाँच स्थानमा रहने खेलाडीले क्रमशः ६० हजार, ३० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

छैटौंदेखि दसौं स्थान हात पार्नेलाई ४ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । १० किलोमिटर दूरीको दौड दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भइ पुनः त्यही आएर टुंगिने छ ।

रुट्स फेसन प्रा।लि। ९एडिडास० को प्रायोजनमा हुन लागेको दौडको अनुमानित बजेट करिब १२ लाख रुपैयाँ रहेको छ । कोर्ष रेकर्ड ब्रेक गर्ने पुरुष/महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

यसैबीच दरवारमार्गमा आयोजना हुने रोड रेसमा खटिएका निर्णायकहरुलाई आज दशरथ रंगशालामा ब्रिफिङ गरियो । त्यबखत एथलेटिक्सका विज्ञ शुशीलनरसिंह राणका साथै राजन खत्री र चन्द्र गुरुङले रोडरेसको विस्तृत आंकलन गर्नुका साथै  दौडका सिससिलामा आउन सक्ने प्राविधिक पक्षहरु बारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्