Logo
Logo

एमाले संसदीय दलको बैठक आज, माधव समूह नजाने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।आज विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

प्रमुख सचेतक विशाल भट्टराई बैठकबारे पार्टीका सबै सांसदहरुलाई जानकारी गराइएको जानकारी दिए । सचेतक भट्टराईले भने, “बैठकका लागि नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलाई पनि खबर भएको छ ।”

उनले नेपाल पक्षका सांसदहरुले बैठकमा आउने वा नआउने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि, सबै सांसदहरु बैठकमा आउने विश्वास व्यक्त गरेका छन् ।

तर, एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराइले उक्त संसदीय दलको बैठकमा नजाने बताउका छन् । सो पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला आज साँझसम्म सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्