Logo
Logo

च्याम्पियन्स लिगः ७ वर्षपछि चेल्सी क्वाटरफाइनलमा


दृष्टि संवाददाता


काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले सात वर्षपछि प्रवेश गरेको छ । स्पानिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा चेल्सीले क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा १-० को जित हात पारेको लण्डन क्लब चेल्सी समग्रमा ३-० ले विजयी भएको हो । घरेलु मैदानमा भएको दोस्रो लिगमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरेका थिए ।

जिएचले खेलको ३४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । इन्जुरी टाइममा इमर्सनले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाएका हुन् ।

८२ औं मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । चेल्सी सन् २०१३/१४ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्