७८ वर्षीया वृद्धालाई २६ वर्षीय युवकद्धारा बलात्कार ! « Drishti News – Nepalese News Portal
Logo

७८ वर्षीया वृद्धालाई २६ वर्षीय युवकद्धारा बलात्कार !


दृष्टि संवाददाता


गलकोट । ७८ बर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २६ बर्षीय बुलबहादुर विकलाई तीन बर्ष ६ महिना कैद फैसला सुनाईएको छ ।

जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको हो ।

जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको मङ्गलबारको एकल इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी उद्योग कसुरमा आरोपितलाई तीन वर्ष छ महिना कैदसहित पीडितलाई रु २५ हजार क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताए ।

पीडित वृद्धालाई आरोपित विकले २०७६ भदौ २ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

त्यसलगत्तै प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत २०७६ भदौ २६ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी उद्योग अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

यो पनि पढ्नुस्

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

प्रतिक्रिया दिनुहोस्