Logo
Logo

मधुमेह रोग के हो ? यो रोगबाट कसरी बच्ने ?


दृष्टि संवाददाता


काठमाडौं । मानिसको रगतमा सुगरको मात्रा बढी हुने रोगलाई मधुमेह भनिन्छ । इन्सुलिन भन्ने हार्मोनको उत्पादन वा काममा कमी भएमा मधुमेह हुने गर्छ । मोटोपना, शारीरिक गतिविधिमा कमी र अस्वस्थकर आहार (Unhealthy Diet) यसका प्रमुख कारणहरू हुन् ।

मधुमेहको लक्षण
वंशानुगत कारण पनि महत्वपूर्ण मानिन्छ । परिवारमा कसैलाई मधुमेह भएमा त्यस परिवारका अरु सदस्यलाई पनि यो रोग लाग्ने सम्भावना हुन्छ । आमालाई मधुमेह छ भने, ३ मध्ये एक छोराछोरीलाई मधुमेह लाग्ने सम्भावना हुन्छ । बुबालाई मधुमेह छ भने, ४ मध्ये एक छोराछोरीलाई मधुमेह लाग्ने सम्भावना हुन्छ । आमाबुबा दुवै मधुमेह छ भने २ मध्ये १ सन्तानलाई मधुमेह हुने खतरा हुन्छ ।

मधुमेह रोग लाग्दा छिटो छिटो पिसाब लाग्ने, बढी तिर्खा लाग्ने, धेरै भोक लाग्ने, आँखा तिरमिराउने, शरिरको वजन घट्दै जाने, थकाई आलस्य र कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, हात खुट्टा झमझमाउनुका साथै रिंगटा लाग्ने जस्ता लक्षणहरु देखिन्छ। यस्तो लक्षण देखिएमा रगत जाँच गराएर मधुमेह लागे नलागेको परीक्षण गर्नुपर्ने हुन्छ ।

लक्षणहरु छिनछिमा पिसाब लाग्नु (Polyuria) मुख सुख्खा हुनु बढी तिर्खा लाग्नु (Polydipsia) खानामा रुची बढ्नु (Polyphagia) शरिरको तौल कम हुँदै जानु वा घटवढ भइरहनु पिसाव पोल्नु शरीर अल्छि हुदै जानु छिटो छिटो थकाई लाग्नु हात खुट्टा झमझाउनु आँखा धमिलो देख्नु  ।

  • छिनछिमा पिसाब लाग्नु (Polyuria)
    मुख सुख्खा हुनु बढी तिर्खा लाग्नु (Polydipsia)
    खानामा रुची बढ्नु (Polyphagia)
    शरिरको तौल कम हुँदै जानु वा घटवढ भइरहनु
    पिसाव पोल्नु शरीर अल्छि हुदै जानु
    छिटो छिटो थकाई लाग्नु
    हात खुट्टा झमझाउनु
    आँखा धमिलो देख्नु

कस्ता मानिसलाई लाग्छ मधुमेह ?
यो रोग विशेषगरी मोटो व्यक्ति, कम्मर र पेटमा बोसो जम्मा भएका, व्यायाम नगर्ने व्यक्तिलाई लाग्न सक्छ। घर परिवारमा बाबुआमा कसैलाई डाइविटिज छ भने छोराछोरीमा पनि हुने सम्भावना धेरै हुन्छ। त्यस्तै धेरै तनाव लिने, विलासीपूर्ण जीवनशैली भएका, ध्रुमपान गर्ने व्यक्तिलाई यो रोग लाग्ने सम्भावना धेरै हुन्छ।

मधुमेहबाट कसरी बँच्ने ?
यदि तपाई हामि जो कोहिलाई यो मधुमेह रोग भए देखिएमा हामिले स्वास्थ्यकर खाना खाने गर्नुपर्छ । शारीरिक व्यायाम नियमित रुपमा गर्ने, शरीरको तौल सामान्य अवस्थामा राख्ने गर्नुपर्छ। सकेसम्म छिटो÷छिटो खानेकुरा खाने गर्नुपर्छ, यसका साथै हरिया सागसब्जी दुध, दही र कम कार्बोहाइड्रेड भएका खानेकुरा खानुपर्छ। सकेसम्म रातो मासु खानु हुँदैन र तेलमा तारेका खानेकुरा पनि खानु हुँदैन।

डाइवेटिजले मुटु, मिर्गौला, आँखा, मष्तिष्क र छालालाई समेत असर गर्ने हुँदा मधुमेह भएका र लामो समयसम्म यसको औषधी सेवन गरेकाहरुले बेलाबेलामा जाँच गराइरहनु पर्छ। यसबाहेक डाइविटिजका बिरामीले खानपानमा विशेष ध्यान दिनुका साथै बिलासीपूर्ण जीवनशैली त्याग्नु र शरीरलाई सक्रिय राख्नु पर्छ।

 

 

प्रतिक्रिया दिनुहोस्