Logo
Logo

शताब्दी पुरुष जोशीलाई कर्णालीमा सम्मान गरिँदै


दृष्टि संवाददाता


काठमाडाैं । संस्कृतिविद् सत्यमोहन जोशीलाई कर्णाली साहित्य समाज साधना सम्मान प्रदान गर्न लागिएको छ । कर्णाली साहित्य समाज सुर्खेतले उनलाई ताम्रपत्रसहितको सम्मान प्रदान गर्न लागेको हो ।

‘हाम्रो लोक संस्कृतिका लेखक संस्कृतिविद् शताब्दी पुरुष जोशीको  उक्त कृतिले २०१३ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । नेपालमा तीनपटक मदन पुरस्कार पाउने एक मात्र व्यक्तित्व शताब्दी पुरुष जोशी हुन् ।

जोशीले कर्णालीलाई चिनाउनका लागि दिएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागेको कर्णाली साहित्य समाजका  अध्यक्ष खगेन्द्र अधिकारीले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
यसैगरी २०७६ सालमा प्रकाशित भएका कृतिहरु मध्यबाट छनोट गरी ललित विष्टकृत कथा संग्रह मोह पथलाई कर्णाली साहित्य समाज कृति पुरस्कार प्रदान गर्न लागिएको छ ।
पुरस्कार  यही चैत्र ११ गते विशेष कार्यक्रममा नगद ५० हजार राशीको कृति पुरस्कार प्रदान गरिने छ ।  जुन कर्णालीमै संस्थागत रुपमा स्थापना गरिएको अहिलेसम्मकै ठूलो पुरस्कार राशी हो ।
कर्णाली साहित्य समाजले गरेको यस कार्यले नेपाली कला, साहित्य र भाषाको क्षेत्रमा एउटा ईंटाको काम गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्