Logo
Logo

मिर्गौलापीडित भूमिसरालाई अमेरिका बस्ने नेपालीको सहयोग


दृष्टि संवाददाता


काठमाडौं । रोल्पा माडी गाउँपालिका–६ निवासी विगत लामो समयदेखि दुवै मिर्गाैलाले काम गर्न छाडेर उपचार गराइरहेकी भूमिसरा घर्ती मगरको उपचारमा सहयोग गर्न अमेरिका बस्ने नेपालीहरुले सहयोग गरेका छन् ।

अमेरिकाको टेक्सासमा बस्दै आएका नेपाली कमल थापा, याशिका बाँठा र इन्द्रेणी कल्चर एशोसिएसनको पहलमा संकलित ७९ हजार ८ सय ९० रुपैयाँ बिरामी भूमिसरालाई हस्तान्तरण गरिएको हो । गायत्री नेशनल हस्पिटल घोराहीमा उपचाररत भूमिसरालाई सोही ठाउँमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको थियो ।

अमेरिका बस्ने कमल थापाको पहलमा एनिता राई, निरा निरौला, भावना भण्डारी, यशोदा चौलागाई, हरि कोइराला, सुरेन्द्रराम, विष्णु कँडेल, भीमसेन प्रधान, आशा क्षेत्री, रमा पोखरेल, अशोक यादव, प्रभा विष्ट, यशोदा थापा र इन्द्रेणी कल्चर एशोसिएसनको पहलमा दिलिप सुवेदी, देव शर्मा, रुपक खड्का, गोकर्ण दाहाल, शुसील क्षेत्री, जीवराज बुढा, हेमन्त गेलाल, जीवन गोषी, तेज अर्याल, नेत्र पाण्डे, जनक रानाले सहयोग गरेका थिए ।

दुवै मिर्गाैलाले काम गर्न नसकेपछी बिगत लामो समयदेखी भूमिसराले प्राकृतिक उपचार गर्दै आएकी छिन । कमजोर आर्थिक अवस्था भएका कारण निरन्तर उपचार गर्न समस्या भएकाले उपचारमा सहयोग गर्न बिरामी भूमिसराले अनुरोध समेत गरेकी छिन। उनले भनिन, ‘नियमित उपचारका कारण मैले आर्थिक अभाब झेल्नु परिरहेको छ । यहाँहरुको सहयोगले उपचारमा केही सहज हुने नै छ । साथै थप उपचारका निम्ति थप सहयोग आवश्यक पर्ने भएकाले सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्