Logo
Logo

नायक राजेश हमालद्वारा विपन्न परिवारलाई २ करोडको जग्गा वितरण


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १४ फागुन । नायक राजेश हमालले २ करोड रुपैयाँ बराबरको जग्गा विपन्न परिवारालाई दिएका छन् । ६० वर्षअघिदेखि नवलपरासीस्थित आफनो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई उनले जग्गा प्रदान गरेका छन् । देवचुली नगरपालिका २ स्थित आफ्नो पुख्यौली थलोमा रहेका अति विपन्न परिवारलाई घरबासको लागि चार परिवारलाई आफनो नाममा रहेको जग्गा मालपोत कार्यालयवाट निशुल्क पास गरिदिएका छन् ।


हमालले आफ्नो हजुरआमाको समय देखि फलाम, कृषि तथा घरको काममा सहयोग गर्नेहरुलाई जग्गा प्रदान गरेका हुन् । भाई राकेश हमाल र सहयोगी सहित पुगेका हमालले तुल्सी कमिनीलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेको वडाध्यक्ष माधव केसीले जानकारी दिए । ६० वर्षअघिदेखि राजेश हमालकी हजुरआमाले ति परिवारलाई आफनो घरमा काम गर्न राखेकी थिइन् । आफनो घरपरिवारको हेर्चाहमा संलग्न ती प्रिवारले हमालकै जग्गामा घर बनाएर आश्रय दिइएको थियो । पुर्खौदेखि सहयोग गर्दै आएका विपन्न परिवार घरवार विहिन भएको थाहा पाएपछि आफुले उनीहरुको बसोबासको लागि जग्गा प्रदान गरेको महानायक हमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्