Logo
Logo

बालुवाटार ‘क्रेज’, बालुवाटार ‘फोबिया’


दृष्टि संवाददाता


काठमाडौं । एमाले र माओवादी केन्द्र एक भएपछि नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक जेठ ३ मा प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो ।

त्यसपछि झन्डै डेढ बर्ष केन्द्रीय कमिटी बैठक बसेन । अहिले अस्तित्वमा नरहेको नेकपाले उसको जीवनको अधिकांश आरोह-अवरोह प्रधानमन्त्री निवास बालुवाटारमै झेल्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रधानमन्त्री ओलीले हठास प्रतिनिधिसभा विघटन गर्दा विघटनकै संघारमा पुगेको नेकपाको बैठक बालुवाटारमै बसेको थियो ।

फुटको सुरुवाता त्यहिबाट भयो । त्यसपछिका तीन महिनामा नेकपाको सरकार, सिंगो पार्टी र मुलुकले अनेकन उतारचढाव बेहोरे । नेकपा पार्टी नै रहेन ।

एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको प्रयोगको हत कति हो भन्ने बहस पनि ब्युँतिएको छ ।

खनाल-नेपाल पक्षको बालुवाटारमा नजाने अडान लम्बिँदै गए एमालेको विवाद सैद्धान्तिक बहसभन्दा पनि बैठकस्थलमै विषयमा केन्द्रित हुने देखिएको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्