Logo
Logo

मौसम पुर्वानुमानः यी स्थानमा आज बर्षाको सम्भावना


दृष्टि संवाददाता


काठमाडौं । देशभरमा आज बिहानैदेखि मौसम बदली भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान ६ बजे प्रकाशन गरेको बुलेटिनअनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको उल्लेख छ ।

त्यस्तै आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि प्रदेश नं १ को पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चैत्र ८ र ९ गतेको मौसम अनुमान
चैत ८ गतेको दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने माहाशाखाले जनाएको छ । पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

त्यस्तै रातीको समय पहाडी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

चैत ९ गते दिउँसोको समय सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

त्यस्तै राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्