Logo
Logo

दोस्रो वीर गणेशमान सिंह १०-के रोड रेस सुरु


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । दोस्रो संस्करणको वीर गणेशमान सिंह १०-के रोड रेस प्रतियोगिता सुरु भएको छ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनमा आज विहान सुरु भएको रन रेसको उद्घाटन नेपाली कांग्रेसमा नेता प्रकाशमान सिंहले गरेका हुन् ।

प्रतियोगितामा ५०० जना सहभागी छन् । प्रतियोगितामा रोड रेसको महिला र पुरुषतर्फको विजेताले ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार पाउने छन् ।

छैटौं देखि दशौँसम्मलाई समान ४/४ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने प्रतियोगिता संयोजकले जानकारी दिएको छ । यस्तै दौडमा अघिल्लो वर्षको कीर्तिमान भंग गर्नेलाई १० हजारबाट पुरस्कृत गरिनेछ ।

शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, विर हस्पिटल, भोटाहिटी, राजदरबार संग्राहलय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, वालमन्दिर, पुलिस हेडक्वाटर, गौरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः शेर्पा मल दरबार मार्गमा समापन हुनेछ रेस १० किलोमिटरको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्