Logo
Logo

‘मिस फेस अफ’ नेपाल २०२१ को आवेदन खुल्ला


दृष्टि संवाददाता


काठमाडौं । ‘मिस फेस अफ’ नेपाल २०२१ (सिजन-१) को आवेदन खुल्ला भएको छ । अधिरा फिल्मस् प्रालिद्धारा आयोजित यस कार्यक्रमलाई अन्तराष्ट्रिय स्तरको प्रतियोगिता भनिएको छ ।

शुक्रबार ललितपुरको कुमारीपाटीस्थित यो क्याफेमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो । ‘मिस फेस अफ नेपाल’ अन्तर्राष्ट्रिय स्तरमा मिस नेपालको स्थान जसरी पुगेको छ, त्यसको लेबलमा हामीले पनि पुर्याउने “मिस फेस अफ नेपाल”का आयोजक तथा कोरियोग्राफर सपना राईको भनाइ छ ।

टाइटल विनरलाई स्कुटर, सिल्भर क्राउन प्रदान गरिने, भने फस्ट रनरअपलाई नगद पच्चिस हजार र सिल्भर क्राउनका साथै विभिन्न गिफ्ट ह्याम्परहरु सेकेन्ड रनर अपलाई पन्ध्र हजार नगद, सिल्भर क्राउन र विभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिने जनाइएको छ । त्यस्तै प्रतियोगितामा सहभागी सबै जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ ।

सहभागिताका लागि उमेर १६ देखि २५ वर्षको हुनुपर्ने, उचाई कम्तिमा ५ फिट, शैक्षिक योग्यता एसईई भन्दा माथि तोकिएको छ । आवेदनका फारम आजैबाट खुला गरिएको छ ।

चैत्र १५ गते पहिलो अडिसन र २५ गतेबाट तालिम शुरु हुनुका साथै ग्र्यान्ड फिनाले २०७८ बैशाख २५ गते शनिबार राष्ट्रिया नाचघरमा सम्पन्न हुनेछ । आवेदनका लागि अधिरा फिल्मस प्रालिको अफिस कुमारीपाटीमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्