Logo
Logo

क्रान्तिकारी मन्त्रीले दिएरै छाडे विवादित बस्नेतलाई नियुक्ति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्ततः औद्योगिक क्षेत्र डुबाउने नन्दकिशोर बस्नेतलाई पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा नियुक्तिपत्र दिएको छ । उद्योग मन्त्री मातृका यादवले उनलाई नियुक्ति नगर्ने अडान लिए पनि उनी अन्ततः गल्न पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको यो विवादास्पद नियुक्ति रोक्न देशभरका औद्योगिक क्षेत्रका उद्योग संघले माग गरेका थिए । तर ती मागको बेवास्ता गर्दै उनलाई नियुक्ति दिइएको छ । महाप्रबन्धकमा विगतमा संस्थान निर्देशन बोर्डबाट छानिएका सुवास सिटौला नियुक्त भए पनि उनलाई असफल पारी केही महिनामै हटाएर आफू नै कार्यकारी अध्यक्ष हुने चलखेलमा बस्नेत लागेका छन् । बस्नेत अति विवादित पात्र हुन् ।

औद्योगिक क्षेत्र उद्योग संघका उद्योगीहरुले बस्नेत औद्योगिक क्षेत्रको प्रमुख हुँदा कानुन, विधि र प्रक्रिया अनुसार नचली स्वेच्छाचारी ढंगले चल्ने गरेको, उद्योगीहरुलाई प्रोत्साहित गर्नेभन्दा पनि निरुत्साहित गरेकाले उनलाई नियुक्त नगर्न देशभरका ९० प्रतिशत औद्योगिक क्षेत्रका उद्योग संघले प्रधानमन्त्री केपी ओलीलेखि मन्त्री मातृका यादवलाई अपील गरेका थिए । उद्योगहरु सबैतिरबाट मारमा परेको बेलामा बस्नेतले प्रोत्साहन गर्नुपर्नेमा जग्गाको भाडा १ सय ५० देखि ८ सय प्रतिशतसम्म बृद्धि गरी निरुत्साहित गरेको अपिलमा उल्लेख थियो । उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्नका लागि औद्योगिक क्षेत्र स्थापना गरिएको हो । तर बस्नेत आएपछि उत्पादनमूलक उद्योगको जग्गाको भाडा अस्वभाविक रुपमा बृद्धि गरी पसल कवल खोल्ने र पेट्रोल पम्प खोल्नका लागि जग्गा उपलब्ध गराइएको भए पनि पुनः तिनै विवादितलाई नियुक्ति गर्ने काम क्रान्तिकारी मन्त्री यादवले गरेका छन् । बुटवल, नेपालगंज, बालाजु जस्ता औद्योगिक क्षेत्रका उद्योग संघले बस्नेतलाई नियुक्त नगर्न गरेको अपिलको बेवास्ता गरिएको छ । जसका कारण औद्योगिक क्षेत्रका उद्योगीहरु थप त्रसित भएका छन् ।
विभागीय मन्त्री मातृका यादवलाई बेवास्ता गर्दै बस्नेतले सिधै प्रधानमन्त्रीका निकट हुँ भन्दै पैसा उठाउने धन्दामात्र गर्ने युवासंघका पूर्वउपाध्यक्ष गोविन्द थापालाई अग्रिम कमिसन दिएर नियुक्तिको निर्णय गराएको स्रोत बताउँछ । औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडको महाप्रबन्धक विशिष्ट श्रेणीको पद हो । उक्त पदका लागि स्नातकोत्तर उत्तीर्ण भएको हुनुपर्छ । तर ८ कक्षा पास भएका बस्नेतलाई नियुक्त गर्नका लागि मन्त्रिपरिषदको गएको पुस ६ को बैठकले कार्यविधि नै संशोधन गरेको थियो । तालुक मन्त्रालयको प्रस्तावमा कार्यविधि संशोधन गर्नुपर्नेमा ठाडो प्रस्ताव ल्याएर गरिएको थियो । यसरी बिधि र प्रक्रिया मिचेर योग्यता नै नभएका बस्नेतलाई नियुक्त गरिएपछि औद्योगिक क्षेत्रका उद्योगीहरु निराश भएका छन् । औद्योगिक क्षेत्र डुबाउने बस्नेतलाई नियुक्ति नदिन अपिल गर्ने उद्योगीहरुलाई नियुक्ति पाउनासाथ उनले फोन गर्दै तर्साउन सुरु गरेका छन् ।
औद्योगिक क्षेत्र ब्यवस्थापन लि का अध्यक्ष बस्नेतकी पत्नी एकमाया थापा त्यहाँको कर्मचारीहरुको ट्रेड युनियन अध्यक्ष छन् । जोइपोई मिलेर औद्योगिक क्षेत्रमा आफूलाई मन नपर्ने कर्मचारीलाई दुःख दिने काम गर्दैआएकाले कर्मचारी पनि आजित छन् । उनले आफूलाई मन नपर्ने कर्मचारीलाई घटुवा गरी दुःख दिने गरेका छन् । यसअघि अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेतका छोरा कमल बस्नेतलाई पेट्रोल पम्पको अनुमति नै नभई बालाजु औद्योगिक क्षेत्रभित्र पम्प खोल्न स्वीकृति दिएका थिए । पम्पको लाइसेन्स भएका कम्पनीको टेण्डर अस्वीकृत गरी अनुमति नै नभएको कमल बस्नेतलाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्