Logo
Logo

नेकपाकी सांसदमाथि बुहारीमाथि हिंसा गरेको आरोप


- दृष्टि न्युज/संवाददाता

0
Shares


जनकपुर, १४ फागुन ।
नेकपाकी एक सांसदले भने आफ्नै बुहारीमाथि हिंसा गर्दै आएको आरोप लागेको छ । प्रदेश २ मा नेकपाकी प्रदेशसभा सांसद जगतारैन देवी साहकी बुहारी पिंकीकुमारी साहले आफूमाथि सासूसहित परिवारले नै हिंसा गरेको आरोप लगाएकी हुन्।


पिंकीले श्रीमान देवशरण, सासू जगतारैन र ससुरा स्वामीशरणले आफूमाथि हिंसा गरेको आरोप पिंकीले लगाएकी छन्। श्रीमान् देवशरण भारतको चण्डीगढमा बस्दै आएका र एक छोरीसहित आफू सिराहास्थित घरमा बस्दा सासूससुराले खान लाउन पनि नदिएको आरोप उनले लगाएकी छिन्।

उनले श्रीमानले बेवास्ता गर्ने र सासू ससुराले खान लाउन पनि नदिएको भन्दै जिल्ला अदालत सिराहामा मुद्दा समेत दायर गरेकी थिइन्। मानाचामल माग गर्दै दायर गरेको मुद्दा गत माघ १० गते जिल्ला अदालत सिराहाले फैसला गरेको छ।

‘मासिक १० हजार रुपैयाँ पाउने गरी फैसला भएको छ’ पिंकीले भनिन्, ‘फैसला भएको एक महिनाभन्दा बढी भइसक्दा पनि मैले खर्च पाएको छैन।’

पिंकीले २०७४ साल भदौ ८ गते जिल्ला अदालत सिराहामा मुद्दा दायर गरेकी थिइन्। २६ वर्षीया पिंकीले २०६० सालमा विवाह गरेको अदालतमा दायर गरेको मुद्दाको मिसिलमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्