Logo
Logo

साङ्गयोङ्ग मोटर्सको सोरुम अब पोखरामा


- दृष्टि न्युज/संवाददाता


पोखरा । आइएमएस ग्रुपको आधिकारीक बिक्रेताको रुपमा नेपालमा साङ्गयोङ्ग मोटर्सले सोमबारदेखि आफ्नो शोरुम पोखराको उत्तमचोकमा शुरु गरेको छ । कार्यक्रमका प्रमुख अथिति अर्थ तथा योजना मन्त्रालयका माननीय किरण गुरुङ, मिस नेपाल २०१२ सृष्टि श्रेष्ठ, आइएमएस गु्रपका अध्यक्ष दीपक मलहोत्रा प्रेसिडेन्ट तथा सिइओ दिकेश मलहोत्रा, आइएमएस मोटर्सका निर्देषक विमल सावर्थिया र मिस नेपाल २००९ जेनिशा मोक्तान मलहोत्राद्वारा शो रुमको उद्घाटन गरिएको थियो ।

स्याङयोङ मोटरको सर्भिस सेन्टर क्लब मोटर्स प्रालि पोखराको नयाँबजारमा अवस्थित रहेको छ । सोरुम उद्घाटनका अवसरमा साङ्गयोङ्ग मोटर्सले ‘साङ्गयोङ्ग सुपर सेभिङ र जेएरो मेन्टनेन्स् मूल्य’ योजना पोखराका ग्राहकहरुका लागि भारी छुटका साथ सेवा प्रदान गर्ने भएको छ ।
यो योजनाको ग्राहकहरुले असिमित लाभ उठाउन सक्नेछन् । त्यसका अलावा साङ्गयोङ्ग मोटर्सले गाडीको खरिदमा निम्न अफरहरुको व्यवस्था गरेको छ :
गाडीको खरिदमा २ वर्षको मेन्टिनेन्स खर्च निःशुल्क गरिनेछ । स्पेश मूल्य र एक्सचेन्ज गर्दा उत्कृष्ट भ्यालुसेनको व्यवस्था, झन्झटमुक्त तरिकाले बैंक फाइनान्सिङको व्यवस्था । (बेस्ट भ्यालुसेन ग्यारेन्टी) ११.७२५, फ्रि रोड ट्याक्स (२०७५-२०७६), ६०,००० किलोमिटरसम्म तीन बर्षे वारेन्टी, पाँच वर्षसम्म फ्रि सर्भिसिङ, गाडीका पार्टहरु सहुलीयत दरमा प्राप्त गर्न सकिने, अन्य आवश्यक उपकरणहरु निःशुल्क र प्रत्येक टेस्ट ड्राइभमा उपहारको व्यवस्थालगायतका अफरहरु रहेका छन् ।

साङ्गयोङ्ग मोटर्स कोरियन लक्जरी एसयूभी ब्राण्डको दक्षिण एसियाकै चौथो ठूलो अटोमोबिल निर्माण कम्पनी मध्येको एक हो । यो कम्पनीले सन् १९५४ देखिनै आफ्ना उत्पादनमा एड्भान्स् टेक्नोलोजी र स्टाइलका साथै इन्जिनको गुणस्तरमा विशेष ध्यान दिँदै आएको छ भने यसले विभिन्न किसिमका मोडेल, लाइनअप्सहरु लक्जरी कारमा, एसयूभिएस, पिक्प ट्रक र एम्पिभिएसमा विशेष ध्यान दिएको छ ।

प्रतिक्रिया दिनुहोस्