Logo
Logo

दीपाश्री निरौला र सरोज खनालको फेसबुक ह्याक


दृष्टि संवाददाता


काठमाडौं । कलाकार दीपाश्री निरौला र नायक सरोज खनालको फेसबुक ह्याक भएको छ । कलाकारद्वय निरौला र खनालले प्रहरीमा उजुरी दिँदै फेसबुक ह्याक भएको जानकारी दिएका हुन् ।

फेसबुक ह्याक गरेर ह्याकरले पैसा माग्न थालेपछि उनीहरु उजुरीका लागि प्रहरीसामु पुगेका हुन् ।

“आज विहानबाट मेरो फेसबुक ह्याक भएको हो । मसँग कुरा भइरहने साथीहरुसँग ह्याकरले पैसा मागिरहेको छ । मेरो फेसबुकबाट सरोज खनाल बनेर ८० हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म पैसा मागेको पाइएको छ,” सरोज खनालले भने ।

दिपाश्रीले पनि आफ्नो फेसबुक ह्याक भएकाले सचेत रहन सबैलाई आग्रह गरेकी छन् । यस्तै, गीतकार दयाराम पाण्डेको पनि सामाजिक सञ्जाल ह्याक भएको छ ।

प्रतिक्रिया दिनुहोस्