Logo
Logo

माछापुच्छरे बैंकको एटिएम सञ्जाल विस्तार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । माछापुच्छरे बैंक लिमिटेडले ललितपुर महानगरपालिकाको पुल्चोकस्थित वडा कार्यालयमा २४ घण्टा नै रकम झिक्न सकिन एटिएमको औपचारिक सुरुवात गरेको छ ।
बैंकले यही फाल्गुन १४ गते ललितपुर महानगरपालिकास्थित ३. नं. वडा कार्यालय परिसरमा आफ्नो एटिएम सञ्चालनमा ल्याएको हो । २४ सै घण्टा रकम झिक्न सकिने उक्त एटिएमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका हुन् । एटिएमको सुरुवातसँगै बैंकको कुल एटिएम सङ्ख्या ११५ पुगेको छ ।

बैंकले आव २०७५-७६ को दोस्रो त्रैमास सम्ममा रु. ७८ करोड १३ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७५ पुस मसान्तसम्ममा रु. ८५ अर्व १७ करोड निक्षेप परिचालन गरी रु. ७४ अर्व ६५ करोड कर्जा प्रवाह गरेको छ ।
बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखालगायत ६३ शाखारहित बैकिङ सेवासमेत गरी जम्मा १५६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११५ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्