Logo
Logo

माछापुच्छरे बैंकको नयाँ शाखाको शुभारम्भ


- दृष्टि न्युज/संवाददाता


काठामाडौं । माछापुच्छरे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले हिजो बुधबार फागुन १५ गते बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।

उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. वीरेन्द्रप्रसाद महतोले गरे । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ सुबिधा उपलब्ध गराउने भएको छ ।
बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको जनाएको छ । उक्त एटीएमको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्ण कुश्मा थारुले गरे ।
बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९४ शाखा र ६३ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा १५७ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ११६ एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्